चेल्सी र म्यान्चेस्टर युनाइटेडको कन्तविजोग, म्यान्चेस्टर सिटी अझै अगाडि
प्रकाशित २०७४ माघ १८ बिहिबार
201
Shares
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले शर्मनाक हार बेहोरेको छ । चेल्सीले घरेलु मैदानमै बर्नमाउथसंग हार बेहोरेको हो ।
त्यसैगरी म्यान्चेस्टर युनाइटेड टोटनह्याम हट्सपरसंग २–० ले पराजित भयो ।
टोटनह्यामका लागि एरिक्सेनले गोल गरे भने म्यान्चेस्टरका फिल जोन्सले आत्मघाती गोल हाने ।
म्यान्चेस्टर सिटीले भने वेष्टब्रोमलाई ३–० ले हरायो ।
अग्रतालाई अझ फराकिलो बनाएको सिटीलाई जिताउन फर्नान्डिन्हो, केभिन डे बु्रने र सर्जियो अगुएरोले १–१ गोल गरे ।
बुधबार रातिका अन्य खेलमा एभर्टनले लेस्टरलाई २–१ ले हराउँदा न्यूकासल र बर्नले तथा साउथह्याम्पटन र ब्राइटनले १–१ को बराबरी खेले । स्टोक र वाट्फोर्डले गोलरहित बराबरी खेले ।
लिगको अंक तालिकामा २५ औं चरणको समाप्तिपछि म्यान्चेस्टर सिटीको ६८, म्यान्चेस्टर युनाइटेडको ५३, लिभरपुल ५०, चेल्सीको ५०, टोटनह्याम ४८ अंकसहित पहिलोदेखि पाँचौं स्थानमा छ ।