ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रमको आयोजना
प्रकाशित २०७४ माघ १४ आइतबार
686
Shares
वाग्लुङ। ग्लोबल आइएमई बैंकले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ।
बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ०१, बुर्तिबाङमा भएको कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो ।
कार्यक्रमका सहभागीहरुले ग्लोबल आइएमई बैंकले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए । साथै उनिहरुले ग्लोबल आइएमई बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए ।
ग्लोबल आइएमई बैंकले मिति २०७४ माघ १३ गते शनिबार देखि नै बाग्लुङ्ग जिल्लाको निसीेखोला गाउँपालिका २, जुग्गाखोलामा आफ्नो ६५ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ। उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो।