arrow

मदन भण्डारी गोल्डकप उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
football-new.jpg

इटहरी । इटहरी जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही मुताविकको तयारीलाई तीव्रता दिइरहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जानकारी दिए । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै फाइनल यात्रामा आइपुगेको छ ।

मनाङले पनि यस वर्ष नै दुई उपाधि चुमिसकेकाले यो सर्वाधिक पुरस्कार राशिको खेल गुमाउन नहुने योजनाका साथ आफूहरु मैदान उत्रने प्रशिक्षक छिरिङ लोप्साङले बताए । गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले  १२ लाख र उपविजेताले ६ लाख तथा उत्कृष्ट खेलाडीले एक थान मोटसाइकल प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ