रियाल मड्रिडको खेल खस्किँदो, लेगानेससंगै हारेपछि कोपा डेल रेबाट बाहिरियो
प्रकाशित २०७४ माघ ११ बिहिबार
183
Shares
काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडको खेल दिनानुदिन खस्किँदो छ । रियाल लो बजेटको क्लव लेगानेससंगै पराजित हुँदा कोपा डेल रेबाट समेत बाहिरिन पुगेको छ ।
रियाल लेगानेससँग अवे गोलमा पराजित भएपछि कोपा डेल रे बाट बाहिरिएको हो । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले रियाल मड्रिडलाई २–१ ले पराजित गर्यो ।
रियाललाई करिम बेन्जेमाले गोल दिलाए । लेगानेसलाई इरासो र गाब्रियालले गोल गरे ।
यसअघि लेगानेसको मैदानमा भएको पहिलो लेगमा रियाल १–० ले विजयी भएको थियो ।
एग्रिगेशनमा २–२ गोलको बराबरी भएपनि लगानेसले अवे गोलमा गरेको दुई गोलले जित हासिल गर्यो ।