राजपाका वरिष्ठ उपाध्यक्ष लाल निर्विरोध, प्रदेश २ मा दलित उमेद्वार पासवान पनि निर्विरोध
प्रकाशित २०७४ माघ १० बुधबार
1k
Shares
काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा एक जना दलित र १ जना अपाङ्ग वा अल्पसंख्यकको मात्रै उम्मेदवारी परेको छ ।
दलितबाट संघीय समाजवादी फोरमका रामप्रित पासवान र अल्पसंख्यकबाट राष्ट्रिय जनता पार्टी राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको हो । यी दुवै निर्विरोध भएका छन् ।
निर्विरोध उम्मेदवारहरु निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन आयोगले माघ १५ गते गर्नेछ ।