दोस्रो डिपीएल क्रिकेट: पारस खड्का धनगढी छाडेर बिराटनगरसँग अनुबन्धित
प्रतियोगिताको पहिलो हुने टोलीलाई २५ लाख तथा उपबिजेता टोलीलाई १० लाख रुपिया र ट्रफी
प्रकाशित २०७४ माघ १० बुधबार
540
Shares
काठमाडौं। धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको दोस्रो संसक्रणकालागि टोली र रणनैतिक खेलडीको घोषणा भएको छ। बि.स. २०७४ चैत १७ देखि २०७५ बैशाख १ गतेसम्म सञ्चालन हुने रुस्लान डिपिएल क्रिकेट प्रतियोगिताकालागि ६ वटा टोली र प्रत्येक टोलीका रणनैतिक खेलाडीहरु सार्वजनिक भएका छन्।
नेपाली पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्का बिराटनगर किंग्सबाट अनुबन्धुत भएका छन्। पहिलो संस्करणमा खड्का टिम चौराहा धनगढीबाट खेलेका थिए। धनगढीले पहिलो संस्करण जितेको थियो।
त्यसैगरि काठमाडौं गोल्डन्सबाट ज्ञानेन्द्र मल्ल रणनैतिक खेलाडीका रुपमा खेल्ने छन्। सिवासी अत्तरियाबाट दिपेन्द्र सिंह ऐरी रहेका छन् भने महेन्द्रनगर युनाईटेडबाट बिनोद भण्डारीले कमान सम्हालेका छन्। शक्ती गौचन रुपन्देही च्यालेन्जर्सबाट खेल्ने छन् ।
रणनेतिक खेलाडीहरुले आफ्नो टोली निर्माणका क्रममा खैलाडी छनौट देखि खेलमा खेल्ने खेलाडीहरुको छनौटमा मुख्य भुमिका निर्वाहा गर्ने छन्।
रणनैतिक खेलाडीहरुलाई प्रत्येक टिमले न्युनतम २ लाख रुपिया प्रदान गर्नेछ। त्यसबाहेक टोलीमा १४ खेलाडी हुनेछन्। दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदुरपश?चिमका एक खेलाडी अनिवार्य रुपमा रहनेछन्।
प्रतियोगिता टि-२० को आधारमा हुनेछ। लिग चरणमा प्रतयेक टिमले अरु टिमसँग एक-एक खेल खेल्नेछन्। शिर्ष चार टोली प्लेअफमा पुग्ने छन्। त्यसमा पहिलो र दोस्रो हुने टोलीको बिजेता फाईनल पुग्नेछ भने त्यसमा पराित टोलीले तेस्रो र चौथो बिचको खेलको बिजेतासँग फाईनल प्रवेशकालागि खेल्ने छ।
प्रतियोगिताको पहिलो हुने टोलीले २५ लाख तथा उपबिजेता टोलीले १० लाख रुपिया र ट्रफी प्राप्त गर्ने छ। तेस्रोले ३ लाख र चौथो हुने टोलीले २ लाख पुरस्कार राशी हात पार्नेछन्।