arrow

प्रदेश २ मा काँग्रेस र मधेस केन्द्रित दलको गठबन्धन

३ मा काँग्रेसलाई नयाँ शक्ति र विवेकशील साझाले सघाउने

logo
प्रकाशित २०७४ माघ १० बुधबार

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् ।

प्रदेश नं २ मा काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई-दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् ।

काँग्रेसले सोही सहमतिअनुसार प्रदेश नं २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला)लाई उम्मेदवारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

त्यस्तै काँग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी (खुला), सरिता प्रसार्इं (महिला) र विन बिक (दलित) तथा प्रदेश नं ३ मा राधेश्याम अधिकारी (खुला) र धना खतिवडा (महिला)लाई उम्मेदवार बनाएको उनले बताए । प्रदेश नं ३ मा काँग्रेसका उम्मेदवारलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले सघाउने सहमति भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिए ।

काँग्रेसले अन्य चार प्रदेशमा भने मङ्गलबार नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगको तालिका अनुसार माघ १० गते बुधवार उम्मेदवारको मनोनयन पत्र दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ