arrow

तेस्रो लालझाडी टि- ट्वान्टी कप क्रिकेट बुधबार देखि सुरु हुँदै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ ९ मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg

पुनर्वास ।  कञ्चनपुरको दक्षिणी भेगमै सर्वाधिक राशीको एसपिए लालझाडी कप क्रीकेट टि-ट्वान्टी प्रतियोगिता पुनर्वासको अमरबस्तीमा भोलि बुधबार देखि सुरु हुने भएको छ ।

जिल्लाको दक्षिणी भेगको पुनर्वास स्थित लालझाडी युवा क्लव-११को आयोजनामा स्थानीय राष्ट्रिय माविको खेल मैदानमा प्रतियोगिताको बुधबार बिहान ११ बजे बिधिवत उद्घाटन भइ सुरु हुने भएको छ । माघ २० गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल-भारतका गरि १६ टिमको सहभागिता रहने आयोजक क्लबले जनाएको छ ।

सदरमुकाम देखि झन्डै ७५ किमि पुर्वी दक्षिणी भेगमा रहेको पुनर्वासमा आयोजना गरिएको यो प्रतियोगिता सर्वाधिक राशिको भएकाले यो खेलले महत्व पाएको छ । यो प्रतियोगितामा बिजेता प्रथम टिमलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार , म्यान अफ द सिरीज १ जनालाई ५ हजार, उत्कृष्ट ब्याट्सम्यान,वलर, फिल्डर र विकेट किपर लाइ जनहि ३–३ हजार पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

यस्तै म्यान अफ द म्याच हुने खेलाडिले १ हजार नगद तथा ट्रफी र पाउने छन् । पुनर्वासमा सर्वाधिक महत्वको मानिएको लालझाडी कपको  मुख्य प्रायोजक सुदूरपश्चिमाञ्च्ल एकेडेमी र सहप्रायोजक भुमिइटा उद्योग र वावु अटोसेल्स अत्तरीया रहेको लालझाडी युवा क्लबका प्रेस सल्लाहकार केशव भट्टराईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ