arrow

ट्वेन्टी सेभेन आवर्सको तर्साउने फष्टलुक

२७ घण्टामा एक व्यक्तिको जिबनभित्र घटेको घटनालाई फिल्मले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ ।

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
27-hours-Nepali-Movie-1.jpg.jpeg
काठमाडौँ । नेपालमा हररर थ्रीलर फिल्म हेर्ने दर्शक थुप्रै छन् । तरपनि नेपालमा यो समय हररर फिल्महरु बन्न सकेका छैनन् । यसैक्रममा इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हररर थ्रीलर फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’ प्रदर्शनको लागि तयार भएको छ ।

फिल्मको फस्टलुक पोस्टरहरु सार्वजनिक भएका छन् । निकै फरक शैलीमा डिजाइन गरिएको पोस्टरहरुको डिजाइन जय र बिप्लोपले गरेका हुन् । एक पोस्टरमा धुवाबाट बनाइएको डरलाग्दो आत्मा निकै आकर्षक देखिन्छ ।

प्राबिधीक पक्ष बालियो भएकोले हलिउड र बलिउड हररर फिल्म हेर्ने दर्शकलाई ‘ट्वेन्टी सेभेन आवर्स’ले निकै मनोरञ्जन दिने निर्देशक अरविन्द बताउछन् । सम्पुण प्राबिधीक समेत साउथ इन्डियननै रहेको यो फिल्मको टिजरलाई दर्शकले रुचाई सकेका छन् ।भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेकोको छायाँकन नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको हो ।

२७ घण्टामा एक व्यक्तिको जिबनभित्र घटेको घटनालाई फिल्मले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ । फिल्ममा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ । फिल्मलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् । सुनिन मानन्धरले वितरण गर्ने यो फिल्म चैत्र १९ गतेबाट प्रदर्शनमा आउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ