चेल्सी तेस्रो स्थानमै थन्कियो, आर्सनलसंग बराबरी, म्यानचेस्टर युनाइटेड अगाडि
प्रकाशित २०७४ पुष २० बिहिबार
534
Shares
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमै थन्किएको छ । आर्सनलसंग इमाइरेट्स स्टेडियममा भएको खेल २–२ को बराबरीमा सकिएपछि चेल्सीले म्यानचेस्टर युनाइटेडलाई उछिनेर दोस्रो स्थानमा पुग्ने अवसरबाट चुकेको हो ।
आर्सनललाई ६३ औं मिनेटमा ज्याक विलसेयर र इन्जुरी समयमा हेक्टर बेलेरिनले गोल गरे ।
चेल्सीलाई ६७ औं मिनेटमा एडेन हेजार्ड (पेनाल्टी) र ८४ औं मिनेटमा मार्कस अलन्सोले गोल गरे ।
२२ औं चरणको समाप्तिसम्म म्यानचेस्टर सिटीको ६२, म्यानचेस्टर युनाइटेडको ४७, चेल्सीको ४६, लिभरपुलको ४४, टोटनह्यामको ४० तथा आर्सनलको ३९ अंक छ ।