राखेप च्याम्पियनसिपका कीर्तिमानधारी र उत्कृष्टलाई नगद पुरस्कार
प्रकाशित २०७४ पुष १३ बिहिबार
503
Shares
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा भइरहेको राखेप च्याम्पियनसिपअन्तर्गत विभिन्न खेलमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई राखेपले नगद पुरस्कार दिने भएको छ ।
व्यक्तिगत स्पर्धामा कीर्तिमान रच्नेलाई राखेपले १५ हजार नगद पुरस्कार उपलब्ध गराउने राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए ।
त्यस्तै टिमतर्फ उत्कृष्ट घोषित हुने खेलाडीलाई पनि १५ हजार नगदबाट पुरस्कृत गरिने छ ।