arrow

एसेस टेष्टमा अष्ट्रेलिया ह्वाइटवासको बाटोमा, वार्नरले ठोके सेन्चुरी

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
warner.JPG

काठमाडौं । एसेस टेष्ट क्रिकेटमा अष्ट्रेलिया ह्वाइटवास नजिक पुगेको छ । पहिलो खेलमा १० विकेट, दोस्रो टेष्टमा १२० रन र तेस्रो टेष्टमा एक इनिङ र ४१ रनको जित हासिल गरेको अष्ट्रेलियाले चौथो टेष्टमा पनि इंगल्याण्डलाई दबाबमा राखेको छ । 

मेलबर्नमा मंगलबारदेखि सुरु भएको चौथो टेष्टमा अष्ट्रेलियाले तिब्र गतिमा रन जोडेको छ । 

डेभिड वार्नरले सेन्चुरी बनाइसकेका छन् । एक दिवसिय शैलीमा रन जोडेका वार्नरले १३८ बल खेल्दा १०१ रन बनाए । 

पाँच खेलको टेष्ट श्रृंखलाका लागि इंगल्याण्ड अष्टे«लिया गएको हो । 

यसअघिका तीन वटै खेल हारेर इंगल्याण्डले श्रृंखला गुमाइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ