arrow

नेपाल–कतारबीच शिक्षा, र सामुदायिक विकास सम्बन्धमा छलफल

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
नेपाल–कतार.jpg.jpeg
काठमाडौं । परराष्ट्र सचिव शङ्करदास वैरागीले कतारका विदेश राज्यमन्त्री डा खलिद विन मोहम्मद अल–अत्तियासँग आज उहाँको कार्यालयमा शिष्टाचार भेट गरेका हुन् ।  द्विपक्षीय सहयोग सम्बन्ध सुदृढीकरण र विस्तार गर्ने तथा दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको चालीसौँ वार्षिकोत्सव अर्को वर्ष मनाउने विषयमा विचार आदानप्रदान भएको थियो । 
 
परराष्ट्र सचिव वैरागीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीले उनका कतारी समकक्षीलाई सम्बोधन गरी पठाउनुभएका पत्रहरु पनि हस्तान्तरण गर्नुभएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ । कतारी विदेश राज्यमन्त्री अल–अत्तियाले कतारको नेपालसँगको सम्बन्ध महत्वपूर्ण रहेको र आगामी दिनमा यसलाई अझै सुदृढ गरिने बताए । यसअघि  बिहान नै सचिव वैरागी र कतारी श्रम तथा सामाजिक मामिलासम्बन्धी राज्यमन्त्रीबीच भएको शिष्टाचार भेटघाटमा कतारमा रहेका नेपाली श्रमिक र यस क्षेत्रमा आगामी दिनमा दुई देशबीच हुने सहयोगका विषयमा विस्तृत छलफल भएको थियो । 
 
आजै नेपाली प्रतिनिधिमण्डलले कतार फाउन्डेसनका ग्रुप एक्ज्युकेटिभ डाइरेक्टरसँग भेटी शिक्षा, अनुसन्धान र सामुदायिक विकास सम्बन्धमा सहयोग स्थापना गर्ने इच्छाबारे छलफल गयो । त्यस्तै आइतबार साँझ सचिव वैरागी र नेपाली प्रतिनिधिमण्डल तथा कतारमा रहेको गैरआवासीय नेपाली सङ्घ र नेपालीसमुदायबीच भएको अन्तक्र्रिया प्रवासी नेपाली श्रमिकको कल्याण र कतारसँग व्यापार, लगानी, पर्यटन, संस्कृति र शिक्षा विषयमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ