arrow

प्रख्यात न्यूरोसर्जन उपेन्द्र देवकोटाको लण्डनमा उपचार हुँदै

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
upendra-devkota.jpg

काठमाडौं। नेपालका प्रख्यात न्यूरो सर्जन डा उपेन्द्र देवकोटा बेलायतको लण्डनमा उपचाररत रहेका छन् । 

विशेषगरी न्युरो सर्जरीमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका डा देवकोटा अस्वस्थ्य भएपछि लण्डनमा रहेर उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । 

देवकोटाको लण्डनस्थित एक अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

उनलाई लागेको रोगका बारेमा भने केही बताइएको छैन ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा डा देवकोटा आफ्नो गृहजिल्लामा सक्रिय थिए । 

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका देवकोटा नेपालमा सम्मानका साथ लिइने चिकित्सकमा पर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ