एसिसी यू–१६ क्रिकेट फाइनलः सिंगापुरविरुद्ध नेपाल ब्याटिङ गर्दै
प्रकाशित २०७४ पुष २ आइतबार
333
Shares
थाइल्याण्ड । नेपालले एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिंगापुरसंग खेलिरहेको छ ।
थाइल्याण्डको टेर्ड थाइ क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निरन्तर विकेट गुमाएको छ । नेपालले १७ ओभर खेल्दा ४ विकेटको नोक्सानीमा ६४ रन मात्रै बनाएको छ ।
नेपालका लागि विशाल विक्रम केसी आक्रामक देखिएका छन् ।
सुवास ऐयर २२, तिर्तराज दास १ रन बनाएर आउट भए ।
नेपालले चिरपरिचित प्रतिद्वन्द्वी मलेसियालाई ७२ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । सिंगापुरले हङकङलाई ८ विकेटले हराउँदै नेपालविरुद्धको उपाधि भेट पक्का गरेको थियो ।