समानुपातिकबाट पाँच दलका मात्र सांसद ! कसको कति मत ? (विहिबार राति १०ः४० सम्म)
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
280
Shares
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनाबाट अहिलेसम्म पाँच दलका मात्र सांसद हुने भएका छन् । जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २९ लाख १२ हजार ९४८ मतका साथ पहिलो स्थानमा छ ।
एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख २८ हजार ५०५ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र ११ लाख ७० हजार ४५० मतसहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ४ लाख १३ हजार ९५६ मत पाएको छ ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी राजपा नेपालले ३ लाख ७१ हजार ४७, विवेकशील साझाले १ लाख ९५ हजार ८५१, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ लाख ८७ हजार ३८७, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ८९२, राप्रपा प्रजातान्त्रिकले ७३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २२६ मत ल्याएको छ ।
अहिलेसम्म पाँचौं स्थानमा रहने दलका मात्र सांसद बन्ने सम्भावना रहेको छ। (यसअघि भूलवश सात पार्टी भएकामा क्षमाप्रार्थी छौं –सम्पादक)