स्याङजा । देशभर बाम गठबन्धनले बर्चस्व राखेका बेला आसा गरिएको स्याङजा पनि बामगठबन्धनको घेरामा पुग्यो । २०४८ सालदेखि कांग्रेसको झण्डा फहराउदै आएको जिल्ला बामगठबन्धनको घेरालाई बचाउन नेपाल तरुणदलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्ल सफल देखिएका छन् । स्थानीय तहमा समेत आफ्नो बर्चस्व कायम गर्न असफल भएको कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा समेत कायम गर्न सकेन । २ क्षेत्र र ४ प्रदेश सभा भएको स्याङजामा २ प्रतिनिधि सभा र ३ प्रदेश सभा गुमाउन पुगेको छ । ४८ सालमा ४ क्षेत्र बचाउन सफल भएको कांग्रेस २०७४ मा आउदा एक प्रदेश सभामा चित्त बुझाउन पुगेको छ ।
कांग्रेस भित्रको चरम गुटबन्धीका कारण कांग्रेसको संगठन हेर्न स्याङजामा जाउ भन्ने विपिको भनाई अहिले मेटिने अवस्थामा पुग्यो । विपिको यो भनाईलाई जोगाउन तरुण नेता मल्ल मात्रै देखिए । मल्ले बामगठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका उमेदवार सुर्यप्रसाद गैह्रेलाई १ हजार ५ हजार ४० मतले पराजित गराएर लालकिल्ला जोगाएका छन् । अत्यन्तै मिलनसार र सबै को मन जित्न सफल व्याक्ति मल्लले विपिले भनेको जिल्लाको इतिहासलाई बचाइदिएका छन् । मल्लले १९ हजार १ सय ७० मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादीका गैह्रेले १७ हजार हजार ६ सय ३० मत प्राप्त गरेका थिए । मल्लको विजयले कांग्रेसको इतिहासलाई मेटाउन बाम गठबन्धनलाई चुनौती थपिएको छ ।
स्याङजाका दुई प्रतिनिधि सभामा र दुई प्रदेश सभामा एमाले र एक प्रदेशसभामा माओवादीले विजयी हासिल गरेको छ । स्याङजा क्षेत्र नं. १ मा एमालेका नारायण मरासिनीले ३९ हजार २ सय २६ मत ल्याएर विजयी बनेका छन् । मरासिनीका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु थापाले २८ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ प्रतिनिधि सभाका लागि एमालेका उमेदवार पदमा अर्यालले ३५ हजार १ सय ४१ मत ल्याएर विजयी भएकी छन् ।
उनका प्रतिस्पर्धी नेपाल सरकारका उपप्रधान मन्त्री तथा कांग्रेसका उमेदवार गोपालमान श्रेष्ठले स्याङजा ३१ ह्जार ४ सय ३६ मत प्राप्त गरेका थिए । यता ४ प्रदेश सभा रहेको जिल्लामा ३ प्रदेशसभामा बामगठबन्धन विजयी भएको छ । क्षेत्र नं. १ अन्तरर्गत प्रदेश १ मा माओवादीका उमेदवार दिपक चर्ति मगरले १७ हजार ३ सय ९२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद पंगेनीले १४ हजार ६ सय ६६ मत प्राप्त गरेका थिए । प्रदेश २ मा नेकपा एमालेका उमेदवार मिनप्रसाद गुरुङले २० हजार २ सय ४८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तुलसी गिरीले १४ हजार ५ सय १० मत प्राप्त गरेका थिए ।
प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तरर्गत प्रदेश सभा १ मा नेकपा एमालेका मोहोन रेग्मीले १६ हजार ६ सय १३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णु पौडेलले १३ हजार १ सय ४० मत प्राप्त गरेका थिए । २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा बामगठबन्धनले ५ र नेपाली काँग्रेसले १ सिटमा विजयी हासिल गरेको छ ।
काँग्रेसको पुरानो विरासत फर्काउने जिम्मेवारी पाएका मल्लले अवको ५ बर्ष पछि पुन जिल्लालाई विपिले भनेको सार्थकता जोगाउने काम सगै स्याङजाको विकासको गतिलाई अगाडी बढाउन भुमिका खेल्ने बताएका छन् ।
स्याङजामा २ लाख ३८ मतदाता मध्ये क्षेत्र नं. १ मा ७० हजार ३ सय १४ र क्षेत्र नं. २ मा ६९ हजार ५ सय ३६ मत खसेको थियो । यो तुलनामा जिललामा ६८ प्रतिशत मत खसेको निर्वाचन कार्यालले जनाएको छ । खसेको मतमा करिव ५ हजार मत बदर भएको बताइएको छ ।