विजय गच्छदारको डवल ह्याट्रीक, ३२१ मतले जीते भगवतीलाई
प्रकाशित २०७४ मंसिर २७ बुधबार
467
Shares
सुनसरी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार उपप्रधानमन्त्री विजयकुमार गच्छदार विजयी भएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गच्छदारको ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिष्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन।
अन्तिम मतगणना हुँदा गच्छदार ३२१ मत बढी ल्याइ निर्वाचित भएका हुन्। ।
०४८ सालदेखि निरन्तर विजेता बन्दै आएका गच्छदारले यसपटक जित हासिल गर्दा जितसंख्यामा दोहोरो ह्याट्रिक (६ पटक) जीत दर्ता गराएका छन्।
यो सिट जित्दा काँग्रेसको संख्या २३ पुगेको छ।
विजयको जीतसँगै प्रतिनिधि सभामा नेपाली काँग्रेसले उठाएका तीनैजना उमेद्वार विजयी भएका छन्। नेपाली काँग्रेसले क्षेत्र नम्वर १ मा संघीय समाजवादी फोरमका अशोक राईलाई छोडेको थियो।
क्षेत्र नम्वर २ मा काँग्रेसका सिताराम मेहता निर्वाचित हुँदा ४ मा अर्थमन्त्री समेत रहेका कााग्रेस नेता ज्ञानेन्द्र कार्की निर्वाचित भए।
गच्छेदारले संसदमा ६ पटक निर्वाचत हुने विरलै रेकर्ड पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवासँग साझेदारी गरे्का छन्।