पार्टी निष्कासनको कार्वाहीप्रति लुँइटेलले जनाए आश्चर्य
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
466
Shares
ओखलढुङगा। नेपाली काँग्रेसका महासमिति सदस्य कुमार लुइटेलले पार्टी निष्कासनको कार्वाही भन्दै आफ्नो नाम पारेकोमा आश्चर्य प्रकट गरेका छन्।
प्रदेश सभाको चुनावको लागि आकाँक्षी रहेको आफू टिकट नपाएपछि जिल्लामै पार्टीका उमेद्वारको प्रचारमा लागिरहदा पनि अन्तर्घात गरेको आरोप लगाइ पार्टी निष्कासनको कार्वाही गरेकोमा आश्चर्य प्रकट गरेका हुन्।
चुनावको बेला पार्टीलाई क्रियाशिल बनाउन लागिरहेका आफूलाई पूर्वाग्रही ढंगले पार्टी सभापति सहित सांसदका उमेद्वारहरुले हस्ताक्षर गरेर कार्वाही गरेको वक्तव्य निकाल्नु पूर्वाहग्री भएको लुइटेलले बताएका छन्।
चुनाव हारेपछि कार्यकर्ताको तेजोवध गर्ने कार्य नगर्न पनि लुइटेलले वक्तव्य मार्फत आग्रह गरेका छन्।