arrow

कालिञ्चोकका वालवालिकालाई न्यानो कपडा वितरण

१२ सय बालबालिका लाभान्वित

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
school-children-warm-clothes.jpg.jpeg
दोलखा। दोलखाको विकट गाँउ कालिञ्चोकका १२ सय वालवालिकाहरुलाइ न्यानो कपडा वितरण गरिएको छ। सदरमुकामबाट उत्तरतर्फ पर्ने कालिञ्चोकका १२ सय वालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो। नामसालिङ्ग सामुदायिक विकास केन्द्र शाखा कार्यालय दोलखाले यस गाँउका शुन्य देखि १६ वर्ष उमेर समुहका वालवालिकाहरुलाइ ट्रयाक सेट सहित टोपी मोजा वितरण गरेको हो। नामसालिङ्ग सामुदायिक विकास केन्द्रका प्रमुख कार्यकारी निर्देशक हिराकाजी घलेले एक समारोहका विच वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरे। 
 
दोलखाको विकट भनेर चिनीने गाँउ कालिञ्चोक विकासका दृष्टिले निकै पछाडी छ। अशिक्षाका कारण यहाँका प्रत्येक दम्पतिका पाँच भन्दा कम सन्तान नभएको कालिञ्चोकका सामाजिक कार्यकर्ता पदम थामीले जानकारी दिए। 
 
आइतवार न्यानो कपडा वितरणका लागि आयोजित कार्यक्रममा नामसालिङ्गका प्रमुख कार्यकारी अधिकृत घलेले दोलखाको विकट गाँउ भुकम्पपछि थप पिडामा परेकोले आफुहरुले कालिञ्चोकको विकासको निम्ति विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए। नामसालिङ्गले भुकम्पपछि दोलखाको कालिञ्चोकमा वैकल्पिक उर्जा सुविधासहितको सोलार फलामे चुलो वितरण गरिसकेको छ। 
 
कालिञ्चोक गाविसको भौगर्भिक अध्ययन तथा एकिकृत सामुदायिक विकाससँग सम्वन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको नामसालिङ्गका दोलखा व्यवस्थापक चोप वहादुर क्षेत्रीले जानकारी दिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ