पाल्पाका जनताको समृद्धि र लोकतन्त्रको संरक्षणमा लाग्ने कार्कीको प्रतिबद्धता
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
493
Shares
पाल्पा । प्रदेश सभा २ ख मा नेपाली काग्रेसका उम्मेदवार राम बहादुर कार्कीले आफु निर्वाचनमा पराजित भए पनि पाल्पाली जनताको समृद्धि र लोकतन्त्रको संरक्षणमा लाग्दै समग्रह जिल्लाको विकासमा पाल्पाली जनता सँग हातोमालो गर्ने जनाएका छन् ।
कार्कीले प्रेस वक्तव्य मार्फत निर्वाचनमा प्राप्त जनमतको सम्मान गर्दै यस क्षेत्रको विकासका लागि जनता सँग हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्कीले लोकतन्त्रको सौन्दर्यको रुपमा रहेको निर्वाचन र यसको मूल्य मान्यतालाई आत्मासात गर्दै निर्वाचनमा आफुलाई अमूल्य मत दिनुहुने मतदाता , नेपाली काँग्रेसका नेता कार्याकर्ता , पार्टीका भातृ संस्था, स्वदेश ,विदेशमा रहेका शुभेच्छुक , नेपाली सेना, नेपाल प्रहरी , राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी , पत्रकार तथा संचारकर्मी लाई निर्वाचनको समयमा खेलेको भुमिकाको प्रसंसा गर्दै धन्यावाद व्यक्त गरेका छन् ।
कार्की लगनशील, संघर्षशील नेताको रुपमा परिचित छन् । पूर्व डिआईजी र कुटनैतिक क्षेत्रमा समेत राम्रो अनुभव प्राप्त गरेका कार्की प्रदेश सभाको उम्मेदवारमा पराजय भए पछि आफ्ना निकटतम प्रतिद्धन्द्धी तुलराम घर्ती लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैँ पराजय भए पनि आफु सधैभ जनताको समृद्धि र लोकतन्त्रको संरक्षणमा लाग्ने बताएका छन् ।
।