विकासको इन्जेक्सनले काम नगर्दा पराजय : चन्द्र भण्डारी
कौरव खत्री,
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
409
Shares
गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले विकासको इन्जेक्सनले काम नगर्दा आफ्नो पराजय भएको बताएका छन् ।गुल्मीको सदरमुकाम तम्घासमा सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन ।
कांग्रेस नेता भण्डारीले गुल्मी जिल्लाको विकासका निम्ति निरन्तर आफू लागि रहेको र जनताले दिएको अभिमतलाई सर्वस्वीकार्य रहेको बताए ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस कमजोर शक्ति जस्तो देखिए पनि संविधानको कार्यान्वयनको चरण पूरा गर्नु ठूलो सफता भएको बताए । संविधानको कार्यान्वयनको चरणमा अहिलेको निर्वाचनमा जसले जिते पनि हारे पनि त्यो जनताको जित भएको बताए ।
नेता भण्डारीले अबको राजनीतिक संकटको अत्यभएकोले देशलाई विकास र समृद्धिको बाटो तर्फ राजनीतिक दलहरु अघि बढ्नु पर्ने जरुरी रहेको बताए । साथै नेता भण्डारीले अब राजनीतिक संक्रमणको अन्यको लागि नेपाली कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेकोले भण्डारीले भने चुनाव जित हार भन्दा पनि नेपाली जनताको जित नै ठूलो हो ।
भण्डारीले निर्वाचित भएका एमालेका सचिव रहेका नेता प्रदिप ज्ञवालीलाई बधाई समेत दिए । भण्डारीले निर्वाचनमा खटिने मतदाता सबैलाई धन्यवाद दिदै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सुरक्षाकर्मी, निर्वाचन आयोगलाई धन्यवाद दिए ।