निर्वाचन खारेजी अभियानमा लागेका आरोपी थपलियासहित आठ पत्रकार रिहा
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
768
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियानमा लागेको आरोपमा पक्राउ परेका पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियासहित आठ पत्रकार सोमबार रिहा भएका छन् ।
यही मंसिर १० र २१ गतेको निर्वाचनपूर्व मंसिर १ गते मुद्दा लगाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक म्याद थप गर्दै हिरासतमा राखिएको थियो ।
थपलियासहितका आठ पत्रकारलाई तत्काल थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सो धरौटी रकम बुझाएर थपलिया रिहा भएका हुन् ।