राती २ बजेसम्म समानुपातिकमा धेरै मत ल्याउने १० दलहरु (सूची सहित)
प्रकाशित २०७४ मंसिर २५ सोमबार
395
Shares
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भईनसक्दै समानुपातिक तर्फको पनि मत गणना सुरु हुन थालेको छ । विभिन्न स्थानका मतगणना सुरु गरिरहँदा अहिलेसम्म नेकपा एमाले नै धेरै मत ल्याउनेको अग्रसूचीमा देखिन्छ।
दोस्रोमा रहेको नेपाली काँग्रेसको राती २ बजेसम्मको अवस्थामा १० हजार मत मात्रै कम रहेको छ । विभिन्न १० दलको राती २ बजेसम्मको मतपरिणाम कति आयो ? तलको सूचीमा हेर्नुहोस् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य २३०३२८
नेपाली काँग्रेस रुख २२०२४१
माओवादी केन्द्र गोलाकारभित्र हसिया हथौडा १०७७१८
विवेकशील साझा पार्टी तराजु ९३१९
राष्ट्रिय प्रजातन्त्र पार्टी गाई ९२२८
नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा ८५७४
संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल ८२०८
राष्ट्रिय जनता पार्टी नेपाल छाता ७१३१
राष्ट्रिय जनमोर्चा गिलास ३९०४
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो ३४८८