नारदमुनीका दाँयाबाँया श्रीमती : माला पहिले कसले लाउने भन्नेमै हानथाप
प्रकाशित २०७४ मंसिर २४ आइतबार
841
Shares
धनगढी । कैलाली क्षेत्र नम्बर ५ बट प्रतिनिनिधि सभा सदस्य निर्वाचित भएपछि वाम गठबन्धनका उम्मेदवार नागरदमुनी रानाले दुईबटै श्रीमती दायाँबाँया राखेर चुनावको वेला गरेका बाचा पुरा गर्ने बताएका छन् ।
उनले प्रतिनिधि सभामा निर्वाचित भएपछि प्रतिकृया दिँदै नारदमुनीले संविधान कार्यान्वयन र मुलुकको विकासमा प्रतिवद्ध भएर लाग्ने बताए ।
श्रीमानले चुनाव जितेको बधाई दिन नारदमुनी रानाकी दुबै श्रीमती मतदान अधिकृतको कार्यालय पुगिन् । दुई श्रीमती भएकाले कससले पहिले टिका र माला लगाउने भनेर हानथाप नै चल्यो । पछि, सहमतिमा जेठी श्रीमतीले पहिले माला लगाइन् ।
नारदमुनीले प्रधानमन्त्री पत्नी आरजु राणालाई पराजित गरे । वाम गठबन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने, राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरिन् ।
प्रधानमन्त्री पत्नी आरजु राणा ४८ सय ८० मत अन्तरले पराजित भइन् । कैलाली क्षेत्र नम्बर ५ मा ६१ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा यही क्षेत्रमा रहेको प्रदेश ७ को एकमात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो ।
धनगढी उपमहानागरपालीका ८ का स्थानीय समेत रहेका नारदमुनी राना २०६४ सालमा एमालेको तर्फबाट समानुपातिक तर्फका समासद थिए । रानाले रातोपासपोर्ट बेचेको आरोप लागेको थियो । उनलाई पछि अदालतले सफाई दियो ।