arrow

दाङमा काँग्रेसको साख जोगाए चौधरीले, हस्तीहरु पराजीत

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
dilli_chaudhari.JPG

दाङ । कुनै समयको गढ मानिएको दाङमा नेपाली काँग्रेस निराश बनेको छ। कम्युनिष्ट गठवन्धन भएपछि दाङमा काँग्रेसले नराम्ररी पछाडी धकेलिनु परेको छ। एकसे एक हस्तीहरु पराजित भएपछि दाङमा काँग्रेस रक्षात्मक देखिएको छ।

यद्यपी काँग्रेसको वीउ भने जोगिएको छ। श्रमराज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता डिल्लीवहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट उनि निर्वाचित भएका हुन् । 

१७ हजार ३५ मत प्राप्त गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी माओवादीका जगप्रसाद शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गरे । 

काँग्रेसको जीतेको उमेद्वार खोज्नुपर्ने अवस्था रहेकाबेला चौधरीको बिजयले काँग्रेसजनलाई केहि राहत भने मिलेको छ । 

प्रदेशसभा सदस्य निर्वाचित चौधरी पाँच नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदार समेत थिए । तर काँग्रेस धेरै पछि परेपछि दाङबाट निर्वाचित एमाले नेता शंकर पोखरेल प्रदेश नम्वर ५को मुख्यमन्त्रीका वलिया दावेदार हुने देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ