विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित एमाले नेता लालबाबु पण्डितले आफु फेरि संसदमा पुगेपनि साइकल नफेर्ने बताएका छन् ।
हाम्राकुरासँग उनले भने, ‘नयाँ साइकल फेर्ने सोंच छैन । पुरानै साइकलले काम चलाउँछु । पञ्चर भइहाले कहीले काँही सार्वजनिक यातायात छँदै छ ।’ पण्डितले काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाई पराजित गर्दै संघीय संसदको यात्रा तय गरेका हुन् ।
पण्डितले अब वाम गठबन्धनको सरकार भन्ने र मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताए । सामान्य प्रशासनमन्त्री बन्दा नेपाल सरकारको सुविधा लिएर विदेशको ग्रिनकार्ड र पीआर बोक्नेविरुद्धको अभियान चलाएर चर्चामा आएका पण्डितले फेरि पनि सरकारम त्यसस्तै महत्वपूर्ण जिम्मेवारी दिए पहिलेको अभियानलाई निन्तरता दिने बताएका छन् ।
आफुलाई जित्नेमा पूर्ण विश्वास रहेको भन्दै उनले प्रतिस्पर्धा स्वभाविक भएको बताए । उनीसँग कोइराला जम्मा ६ सय ७५ मत अन्तरले पराजित भए । गठबन्धन गर्दा पनि कोइरालाले कडा टक्कर दिएनन् र ? भन्ने जिज्ञासामा पण्डितले हास्दै भने, ‘चुनाब लडेपछि प्रतिस्पर्धा त हुनै नै भयो । म साइकलमा डाक्टर साबलाई भेट्न जान्छु । म उत्तिकै सद्भाव राख्न चाहन्छु ।’ हुने खोनेहरुले केही प्रभाव पार्छन् कि भन्ने लागेको थियो । त्यसो भएन । उनले भनेका छन्, ‘अब इमान्दारहरुको मात्रै काम छ । किन भने अब काम गर्नु छ । विकास गर्नु छ ।’ पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याउँदा कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याए ।