काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भए।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे। विवेकशील साझा पार्टीका डा सुर्यराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार १३५ मत खसेको थियो ।