arrow

गिरिजाप्रसादको साच्चिकै उत्तराधिकारी भए मिनेन्द्र

विराटनगरको विरासत सम्हाल्ने जिम्मा पनि आयो काँधमा

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
minendra-nc-morang-party-pravesh.jpg

मोरङ। नेपाली काँग्रेसका तत्कालिन सभापति तथा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको साविकको निर्वाचन क्षेत्र रहेको मोरङ २ मा निर्वाचित भएर काँग्रेस नेता मिनेन्द्र रिजालले आफू गिरिजाप्रसादको साच्चैको राजनीतिक उत्तराधिकारी भएको पुष्टी गरेका छन्। 

गिरिजाप्रसादकी पुत्री तथा काँग्रेस नेतृ सुजाता कोइराला उमेद्वार हुने अनुमान गरिएको र त्यसका लागि गृहकार्य गरिरहेपनि स्वास्थ्य अनुकुल नभएपछि उनले प्रत्यक्ष चुनाव उठ्ने कुरालाई थाती राखिन। 

राजनीतिक र समाजसेवाको माध्यमबाट पिताको राजनीतिक क्षेत्रमा आफ्नो पकड जमाउँदै लगेकी सुजातालाई पार्टीले समानुपातिकमा समावेश गरेपछि त्यस क्षेत्रमा डा मिनेन्द्र रिजाललाई कमाण्ड सम्हाल्ने अवसर मिलेको थियो। 

रिजालले आफूले पाएको त्यो अवसरलाई यसरी उपयोग गरेकी उनले आफू कुशल संगठक गिरिजाप्रसादको सच्चा राजनीतिक उत्तराधिकारी भएको पुष्टी गरे। सुजाताले रिजालको एक प्रचार कार्यक्रममा भनिन सानुबुवाको राजनितिक उत्तराधिकारी डाक्टर सावलाई जिताउनु गिरिजावाबुप्रतिको सम्मान पनि हो। जनताले पनि त्यो भावको सम्मान गरे।

दुई कम्युनिष्ट घटक मिल्दा धेरै मतान्तरले पछि रहेपनि उनले त्यसलाई राम्रोसँग चिर्न सफल भए। राजनीतिक रुपमा विपक्षीहरुको खेमामा धावा मात्र हैन उनीहरुकै सहयोगीलाई आफ्ना पक्षमा पार्न सफल भएका रिजालले पहिलो पटक जननिर्वाचित भएर संसदमा पुग्ने अनुभव पनि सगाल्ने अवसर पाएका छन्। 

समानुपातिकबाट मात्र संसदमा पुग्दै आएका उनले यो पटक जनताबाटै चुनिएर जाने इच्छा राखेका थिए। परिस्थिति त्यस्तै बन्यो। उनले पनि पुष्टी गरे। मनोनित भएर निगाहमा मात्र मात्र हैन जननिर्वाचित भएर आउन पनि आफू त्यतिकै काविल छु भन्ने पुष्टी यो प्रतिकुलताको बीचमा पनि उनले गरेर देखाएका छन्। 

नेपाली काँग्रेसका लागि प्रदेश नम्वर १ मा प्रतिनिधि सभाको खाता खोलेका रिजाललाई अब गिरिजाप्रसादको मात्र हैन नेपाली काँग्रेसलाई यहाँसम्म ल्याइपुर्‍याउन योगदान पुर्‍याएको मोरङ प्राविधिक रुपमा बन्न पुगेको लालकिल्लालाई अन्य नेता तथा कार्यकर्तासँग सहकार्य गरि अर्को कार्यकालमा लोकतन्त्रवादीहरुको पोल्टामा ल्याउने गहन जिम्मा पनि आइलागेको छ। 

वास्तवमा रिजालले आफूलाई पुष्टी गर्ने  यो ठूलो अवसर पाएका छन्। नतिजा आएसँगै पार्टीमा उठेका अनेक टीका टिप्पणीहरुलाई पनि मूलप्रवाहीकरण गर्नमा पनि रिजाल सफल हुन। विराटनगरले विउ जोगाएको छ। प्रतिकुलताको बीचमा यो विउलाई वटवृक्ष बनाउन रिजाल सफल हुन शुभकामना। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ