arrow

रसुवामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका मोहन आचार्य विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
mohan-acharya.jpg

रसुवा। रसुवामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका मोहन आचार्य विजयी भएका छन्। नेपाली काँग्रेस मोहन आचार्य १४हजार ४ सय ५३ मत ल्याई विजयी भएका हुन। आचार्यसँगै सबै लोकतान्त्रिक समुहनै रसुवामा विजयी भएको छ। 

आचार्यका निकटतम प्रतिष्पर्धी एमालेका जनार्दन ढकालले १० हजार २ सय ७८ मत ल्याए। ४ हजार १ सय ७५ मत अन्तरले मोहन आचार्य विजयी भएका हुन्। 

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका मोहन आचार्यको जन्म २०३३ साल चैत्र २९ गते उत्तरगया गाँउ पालिका पाँच लहरेपौवामा भएको थियो । बुबा अनन्त प्रसाद आचार्य तथा मुमा इश्वरी देबि आचार्यको कान्छो छोरा हुन। 

प्रारम्भिक शिक्षा काठमाण्डौको सिदार्थ बनस्थली स्कूलबाट सुरुवात गरेका आचार्यले भारतको देहरादुन बाट माध्यमिक शिक्षा हासिल गरेका हुन्।  

फिलिपिन्सबाट ब्याचुरल अफ सिभिल ईन्जिनियरिङ शिक्षा हासिल गरेका मोहन आचार्य नेपालमा लामो समयदेखि निमार्ण ब्यवसायमा संलग्न थिए। आचार्यको लगानी अहिले औषधि  उधोग र जलविधुत क्षेत्रमा समेत छ । उनले २०४६ सालबाट नेपाली काँग्रेसको साधारण सदस्य बनि राजनितिक जीबन सुरुवात गरेका थिए। आचार्य हाल नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि छन्। 

लोकतान्त्रिक गठबन्धनबाट रसुवामा प्रतिनिधिसभा सदस्यमा उम्मेदबारीको टिकट पाएका आचार्य समाजिक कार्यमा भने निकै अघि देखि लागेका थिए ।

जिल्लामा संन्चालित जलबिद्युत आयोजनमा सुधार गर्दै नेपाल र चीनको एक मात्र ब्यापारिक नाका रसुवागढीलाई ब्यबस्थित बनाउदै अधुरा सडक, खानेपानी, बिध्यालय निर्माणलाइ मुख्य प्राथमिकतामा राखेको उनले बताएका छन्। 

रसुवाली मतदाताको आवश्यकताको आधारमा पर्यटन क्षेत्रको विकास, जडीबुटी प्रसोधन साथै जिल्लामा स्वास्थ्य सेवाको विस्तार, कृषिमा आधुनिकरण र औद्योगिक क्षेत्रको विकास गरी रोजगारीको सृजना गर्ने आचार्यको प्रर्तिबद्धता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ