मिनेन्द्र रिजालको मोरङ-२ मा अग्रता, पोखरेल नजिकिने प्रयासमा
प्रकाशित २०७४ मंसिर २३ शनिबार
429
Shares
काठमाडौं। प्रतिनिधि सभा सदस्यकालागि मोरङ -२मा भएको प्रतिस्पर्धामा नेपाली कांग्रेसका मिनेन्द्र रिजालले अग्रता लिएका छन्।
३७ हजार ४०० मतगणना हुँदा कांग्रेसका रिजालले १६ हजार ४४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका ऋषीकेश पोखरेलले १६ हजार ३५५ मत प्राप्त गरेका छन्। रिाजलले ९४ मतको अग्रता लिएका छन्।