arrow

पेटिकामा मुचुल्कामा लेखिए भन्दा ४४ मत बढी भेटिएपछि गोरखा २ को गणना रोकियो

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
baburam-narayankaji.jpg

गोरखा । गोरखा २ को एक मतदान केन्द्रको मुचुल्का र पेटिकाको मतसंख्या नमिलेपछि मत गणना रोकिएको छ ।

चतुरमाला मतदान केन्द्रको मत पेटिकामा मुचुल्का भन्दा ४४ मत बढी खसेको भेटिएपछि मतगणना रोकिएको हो ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सर्वदलीय बैठकले मिलाउने प्रयास गरिरहेको छ । जिल्ला निर्वाचन अधिकारीले यो सामान्य भएको र धेरै लामो छलफल नहुने बताएका छन् ।

गोरखा २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन् । भट्टलाईले सुरुवातदेखि नै अग्रता कायम गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ