काठमाडौं १ मा प्रकाशमान रविन्द्र भन्दा ३ सय मतले अघि
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
308
Shares
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत दोस्रो चरणमा बिहीबार भएको काठमाडौं क्षेत्र न १ मा प्रारम्भिक मत परिणाम आएको छ । सुरुवाती मतगणनामा काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले ९ सय ७० मत ल्याएका छन् भने साझा बिबेकशीलका उम्मेद्वार रविन्द्र मिश्रले ६ सय ७० मत ल्याएका छन् ।
बाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले २ सय ३८ मत ल्याएका छन् । अहिले वडा नं. ११ र २० को मतगणना भइरहेको छ ।