ताप्लेजुङ। नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार योगेश भट्टरार्इले फराकिलो मतान्तरले अग्रता लिएका छन्। मतपरिणाम अनुसार उनी विजय उन्मुख छन्।
भट्टराइले ११३५८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका केशव प्रसाद दाहालले ७३४७ मत प्राप्त गरेका छन्।
प्रदेश सभाको क तर्फ वाम गठबन्धनको बलबहादुर साम्सोहाङले ५७८१ र नेपाली काँग्रेसका लिला बोखिमले ४१८३ मत प्राप्त गरेका छन्।