सिन्धुपाल्चोकमा काँग्रेसका बस्नेत र राप्रपा प्रजातान्त्रिकका जबरा पछाडि
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
735
Shares
चौतारा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा अगाडि रहेका छन् ।
उनले आठ हजार ९०७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, क्षेत्र नं २ मा नेकपा एमालेका शेरबहादुर तामाङले ६ हजार ८०८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर जबराले ६ हजार २१६ मत प्राप्त गरेका छन् ।