एमाले कार्यकर्ताद्धारा बालकोटमा मतदानकेन्द्र नजिक तोडफोड, मतदाता आतंकित
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
479
Shares
बालकोट(भक्तपुर)। भक्तपुर जिल्लाको बालकोट स्थित गणेश आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र नजिक एमालेका कार्यकर्ताहरुले सर्वसाधरणको घरमा ढुंगामुढा गरी घरको झ्याल तोड्फोड गरेका छन् ।
नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका विष्णु खत्रीले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसका मतदातालाई आतंकित गरेर मतदानकेन्द्र जानबाट रोक्ने र आफ्ना समर्थक मतदाताहरुको मत खसाल्ने नियतले एमालेका कार्यकर्ताहरुले नियोजित रुपमा सो घट्ना गरेका हुन् ।
घट्नामा संलग्न व्यक्तिहरु भक्तपुर क्षेत्र नं २ का एमाले उम्मेद्वार महेश बस्नेत निकट भएको बताइन्छ । घट्नामा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । तर उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । मतदान केन्द्रमा अहिले तनाव छ ।