arrow

उपेन्द्र यादवले मतदान गरेर भने, 'निर्वाचनपछि मुलुकमा नयाँ अध्यायको सुरुवात'

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
upendra_yadav_final.jpg

विराटनगर । संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष एंव पुुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले निर्वाचनपछि मुलुकमा नयाँ अध्याय सुरु हुने र संविधान संशोधनका लागि बाटो समेत खुल्ने बताए ।

विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस मतदानकेन्द्रवाट मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले संविधान अपुरो रहेकोले निर्वाचनपछि त्यस्लाई पूर्णता दिन बाटो खुल्ने विश्वास ब्यक्त गरे । 

उनले संविधानलाई सर्वस्वीकार्य बनाएमा मात्र सवै जातीय समुदायको संविधानप्रति अपनत्व बढ्ने बताए । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचनपछि मुलुक विकास निर्माण र समृद्धि तर्फ अगाडी बढाउने नेता यादवले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ