arrow

अर्काे पुस्ताको लागि राजनीतिक संकल्प लिएर मतदान गरे गगन थापाले

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
gagan_thapa_matadan.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले मतदान गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवार थापाले विहान साढे ८ बजेतिर मैतिदेवी मन्दिर मतदान केन्द्रमा गएर मतदान गरेका हुन् । 

विहानै घरबाट छोरीहरुको शुभकामना लिएर मतदान गर्न गएका नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरूको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नुहो।’ उनले भनेका छन्, ‘म मेरो भोट छोरीहरूप्रति समर्पित गर्न चाहन्छु।’

गत सोमबार काठमाडौंको चपलीमा बम विस्फोटबाट घाईते भएका उनी टाउकोमा पट्टी बाँधेर मतदान केन्द्रमा भोट हाल्न गएका थिए । 

साथै मतदान गरे पछि थापाले मतदान केन्द्रहरुको अवोलकन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ