-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डडेलधुरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा बिहान ७ बजेबाट मतदान शुरु भएको छ ।
डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मतदान केन्द्रमा बिहान सात बजेदेखि उत्साहपूर्ण ढगंले मतदान गर्न मतदाता लाइनमा बसिरहेका छन् ।
बिहान ५ बजे परेको हल्का वर्षाले मतदानलाई प्रभाव पार्ने देखिएको भएता पनि अहिले भने आकाश खुलेको छ ।
प्रधानमन्त्री देउवाले ९ बजेपछि मात्र मतदान गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
उनले अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्नेछन् ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार ६३२ मतदाताले मतदान गर्दैछन् ।