arrow

रक्षामन्त्री भिमसेनदास प्रधानले ७ः३० मा गरे मतदान, भन्छन्–५००० मत अन्तरले जित्छु 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
bhimsen-das-pradhan2.jpg

काठमाडौं । रक्षामन्त्री तथा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार भिमसेनदास प्रधानले बिहिबार बिहानै मतदान गरेका छन् । 

उनले बिहान ७ः३० बजे काठमाडौं महानगरपालिका वडा नम्बर २७ अन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रमा मतदान गरेका हुन् । 

मतदान गरेपछि उनी निकै उत्साही देखिएका छन् । 

मतदानपछि प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘मैले पाँच हजार भन्दा बढी मतले जित्छु ।’

यसअघिको निर्वाचनमा पनि उनी विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ