म्याग्दीमा मतगणनाको तयारी,ताराबार सहित सिसि क्यामराको निगरानीमा मतगणना
निर्मल खत्री,
प्रकाशित २०७४ मंसिर २० बुधबार
484
Shares
म्याग्दी। पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावका निर्वाचन भएका जिल्लाहरुको बिहिबार साझा ५ बजे देखि मतगणना सुरु हुने भएको छ ।सोही अनुसार म्याग्दीमा पनि बुधवार सर्बदलिय बैठक बसि बुधबार ५ बजे देखि मतगणना हुने भएको छ । म्याग्दीमा वडा अनुसार मतगणना हुने भएको छ । सुरक्षाको लागि मतगणनाा स्थलमा उपस्थित हुने उम्मेदवार वा दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी तारजाली लगाइएको छ भने मतदान स्थलमा सिसी टिभी क्यामेरा जडान गरिएको छ ।
सर्बदलिय बैठकमा राजनितिक दलका प्रतिनिधिहरुले प्रत्येक वडाको छुट्टा छुट्टै मतगणना गर्ने निर्णय गरीएको हो । यस्तो निर्णयसंगै उम्मेदवारले कुन वडाबाट कती मत आयो भन्ने थाहा पाउने भएका छन् । भने एक मात्र मतदान केन्द्र भएको केन्द्रको मत भने अर्को वडा संग मिसाएर गणना गरिने छ। पहिलो दिनको मतगणनाको अवस्था हेरी जनशक्ति र पुर्वाधार गणक टोली बढाइने कोईरालाले बताउनुभयो । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाइने भएको छ । ९० जना कर्मचारी छनौट भएका छन् । मंसिर २६ गतेभित्र मतगणना सकीने सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले बताउनुभयो ।मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमै मतपेटीका राखिएको छ भने मतगणना पनी सोही भवनमा हुने भएको छ ।
मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको परिचयपत्र भएका बाहेकका व्यक्तिलाई प्रवेश निषेधसंगै मोवाईल लैजान पनि प्रतिबन्ध गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताए । मतगणना सुरु भएदेखि नसकिँदासम्म जिल्ला प्रशासन कार्यालयदेखि श्रीबक्स गुल्मको पोष्ट रहेको क्षेत्रमा सवारी आवागमन बन्द गरि समूहमा हिडडुल गर्न र भेला हुन प्रतिबन्ध लगाइएको प्रनाउ खड्काले बताए ।
एक नगरपालीका, ५ गाउँपालीका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उम्मेदवार चुनावी प्रतिस्र्धामा छन् । मतदान भएको एघार दिनपछि मतगणना गर्ने तयारीसंगै उम्मेदवार, नेता, कार्यकर्ता र आम सर्वसाधारणमा उत्सकुता छाएको छ ।
दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै म्याग्दी लगायत पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा बिहीबार साँझ ५ बजेबाट गरिने मतगणनाको तयारी पुरा भएको छ । प्रतिनिधिसभाको दुई र २ वटा प्रदेशसभाको एकएक ठाउँमा गरि चार ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले जानकारी दिनुभयो ।