सरकारी कर्मचारीले पदीय मर्यादा लत्याउँदै गरे काँग्रेसको विरोध
कारबाहीको लागि निर्वाचन अधिकारीलार्इ जानकारी गराएको प्रतिक्रिया
प्रकाशित २०७४ मंसिर २० बुधबार
125
Shares
हेटौंडा । भोलि बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खटिएका एक कर्मचारीले आचारसंहिता लत्याउँदै नेपाली काँग्रेसको विरोधमा उत्रिएका छन् । जिल्ला पशुसेवा कार्यालय मकवानपुरमा कार्यरत पशु प्राविधिक प्रदीप सापकोटाले उनको फेसबुकमा ‘२१ गते साँझ ५ बजेपछि नेपाली काँग्रेसलाई खोज्न भारत जानुपर्ने हो कि ?’ भनेर लेखेका छन् ।
मकवानपुरगढी गाउँपालिका मक्रान्चुली घर भएका सापकोटाले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएदेखि नै फेसबुकमा नेकपा एमालेको प्रचारप्रसार गर्दै आएका छन् । प्रोफाइल फोटो समेत यसपटक नेकपा एमालेलाई मतदान गरौँ भन्ने राखेका उनको बारेमा यसअघि पनि समाचार प्रकाशन प्रशारण भएको थियो । थाहा नगरपालिकास्थित सेती गणेश विद्यालयमा निर्वाचनको लागि खटिएका सापकोटाले समानान्तर प्रदीप नामको फेसबुकबाट एमालेको प्रचार गर्दै आएका हुन् ।
निर्वाचनमा खटिएको कर्मचारी भएर किन कुनै दलको विरोधमा स्टाटस लेख्नुभो ? भन्ने प्रश्नमा उनले आफूलाई धेरैतिरबाट फोन आएपछि डिलेट गरेको जानकारी दिए । चुनाव गराउन खटिएको कर्मचारीले यस्तो लेख्न मिल्छ भन्ने प्रश्न गर्दा उनले फोन काटे । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यस बिषयमा आफूलाई जानकारी आएको बताउँदै कारबाहीको लागि निर्वाचन अधिकृतलाई जानकारी गराएको प्रतिकृया दिए ।
निर्वाचनमा खटिएका कोही कर्मचारीले कुनै दल विशेषको प्रचार गर्ने, भोट माग्ने वा अन्य यस्तै गतिविधीमा संलग्न भएमा कारबाही गर्न आफू तयार रहेको उनले बताए ।