काठमाडौंका दश निर्वाचन क्षेत्रको कहाँ कहाँ हुन्छ मतगणना ?
प्रकाशित २०७४ मंसिर २० बुधबार
223
Shares
काठमाडौं । काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ ।
निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।