धरान । सुनसरीको एक मतदान केन्द्रमा सुतली बम विष्फोट भएको छ । धरान उपमहानगरपालिका –२० ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा विष्फोट भएको हो ।
नचिनेका दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतली बम विष्फोट गराएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । धरान–चतरा सडकखण्डको चारकोसे जंगलनजिकै पटनाली मतदान केन्द्रमा विष्फोट भएसँगै सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
बम विष्फोटबाट कुनै क्षति भने नभएको प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले बताए । विष्फोटपछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको उनले बताएका छन् ।