arrow

सुर्खेतमा २२ हजार बढी मतदातालाई परिचयपत्र वितरण गरिँदै

logo
राजेन्द्र बिक्रम शाही,
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
matadata.jpg

सुर्खेत । मंसीर २१ गते सुर्खेत सहित ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत सहित ४५ जिल्लामा नयाँ मतदातालाई परिचयपत्र वितरण सुरु गरिएको छ । मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय तहको निर्वाचन पछी मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले भोली पनि नजिकैको मतदान केन्द्रमा गएर परिचयपत्र लिन सक्ने कार्यालयको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा परिचयपत्र लिईसकेका मतदाताले त्यही परिचयपत्रको प्रयोग गरेरभोट हाल्न पाउनेछन् । मतदाता नामावलीमा नाम दर्ता भएमा नागरिकता वा सवारी चालक अनुमतिपत्र लगायतका आधिकारीक परिचय खुल्ने विवरण मार्फत भोट हाल्न पाईने कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि सुर्खेतमा संकलन भएको मतदाता नामावलीमा २२  हजार बढी मतदाता थपिएका छन । एक महिनाभन्दा बढी अवधिमा संकलन गरीएको नामावली अनुसार सुर्खेतमा २२ हजार ७ सय ४२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पर्सी बिहान ७ बजेदेखी सुरुहुने मतदानका लागी कर्मचारीहरु सुरक्षाकर्मी सहित सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन । निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यस्थामा थप कडाई गरिएको छ । सुरक्षालाई बलियो बनाउँन बाहिरी घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ