arrow

मतदाता परिचयपत्र वितरण शुरु

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
matadata.jpg

विराटनगर । यही मंसिर २१ गते हुने निर्वाचनका लागि मोरङका सबै मतदान केन्द्रबाट मंगलबारदेखि मतदाता परिचयपत्र वितरण शुरु भएको छ । 

जिल्लाका ७५८ मतदान केन्द्रमा खटिएका मतदान गराउने टोलीले मङ्गलबार र बुधबार  मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोग कार्यालय विराटनगरले जनाएको छ । 


मोरङका छ निर्वाचन क्षेत्रमा छ लाख ४४ हजार मतदाता छन् । निर्वाचन गराउनका लागि सुरक्षाकर्मीबाहेक छ हजार ६४ कर्मचारी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको सो आयोगले जनाएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ