विष्णुभक्त तिमल्सिनाले उर्लिएको जनलहर हेरेर भने ‘मेरो जित निश्चित’
प्रकाशित २०७४ मंसिर १८ सोमबार
677
Shares
काठमाडौँ । काठमाडौँ छेत्र नं ६ ख प्रदेश सभाका उमेदवार बिष्णुभक्त तिमिल्सिनाले आफ्नो जित निश्चित भएको जनाएका छन् । आफ्नो पक्षमा उर्लिएको जनलहर देखेर उनले यस्तो दाबी गरेका हुन् ।
स्थानीय नागरिकलाई मन वचन र कर्ममा साथ सहयोग दिदै आएका मृदुभाषी, अत्यन्त मिलनसार तिमिल्सिना प्रभावशाली नेता हुन् ।
उनी ०६२–६३को लोकतान्त्रिक जनआन्दोलनका अगुवा हुन् ।
२०४६ सालदेखि निरन्तर नेपाली काग्रेसको राजनीतिमा क्रियाशील तिमिल्सिनाको जित निश्चित भइसकेको स्थानीयवासी बताउँछन् ।
घरदैलोमा नागरिकबाट राम्रो प्रतिक्रिया पाइरहेका तिमल्सिनाले आफ्नो उम्मेद्वारी लोकतन्त्रको संरक्षण,सम्वद्र्धन र संविधानको निरन्तरताका लागि भएको बताए ।