लोकतन्त्र जोगाउनका लागि रुख चिन्हमा मतदान गर्न दीपकुमार उपाध्यायको आग्रह
प्रकाशित २०७४ मंसिर १८ सोमबार
725
Shares
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले लोकतन्त्रको संस्थागत विकास गर्न र आवधिक निर्वाचनका लागि पनि नेपाली कांग्रेसको जित आवश्यक रहेको स्पष्ट गरेको छ ।
२१ गते विहिबार हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कांग्रेस विजयी भए मात्रै जनताका हक अधिकारहरु स्थापित हुने पनि स्पष्ट गरेको छ ।
मौन अवधि सुरुहुनु पूर्व जिल्लाका विभिन्न भागमा भएका अन्तिम चुनावी सभालाई संवोधन गर्दै प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवाहरुले कांग्रेस अहिलेसम्म कपिलवस्तुको विकासमा उल्लेख्य भूमिका खेलेको भन्दै यसको निरन्तरताकालागि पनि आफूहरुको जित आवश्यक रहेको उल्लेख गरेका हुन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दीपकुमार उपाध्यायले लोकतन्त्रको संस्थागत विकासनै अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा कपिलवस्तुका जनताको आवश्यकता पुरा गर्न सधै लागि पर्ने प्रष्ट पारे ।
उनले नेपाली कांग्रेसले विकासको जग बसालेको भन्दै त्यसको पूर्णताका लागि पनि आफू सधै क्रियाशिल रहेको स्पष्ट गरे ।
यसैगरी समानुपातिक उम्मेदवार अतहर कमाल मुसलमानले विपक्षी दलहरुले जातियताको नारा लगाएर भ्रम छर्न खोजेको तर्फ सजग रहन आग्रह गर्दै नेपाली कांग्रेसका सबै उम्मेदवार विजयी भए मात्रै आफू समानुपातिक सांसदको हकदार हुने उल्लेख गरेका छन् ।