arrow

गच्छदार भन्छन् –लोकतन्त्र रक्षाका लागि काङ्ग्रेसलाई बलियो बनाउनु अनिवार्य

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
gachadar.jpg

सुनसरी । काङ्ग्रेस नेता तथा उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षा गर्नका लागि काङ्ग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।  

सुनसरी सदरमुकाम इनरुवामा सोमबार नेपाली काङ्ग्रेस क्षेत्र नम्वर २ (ख) ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्नै उपप्रधानमन्त्री गच्छदारले कुरा बताए । उहाँले काङ्ग्रेस बलियो बने मात्र लोकतन्त्र बलियो हुने भएकाले काङ्ग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताए । 

उनले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको समावेशी संविधान खारेज गर्न वाम गठबन्धन भएको बताए ।

उपप्रधानमन्त्री गच्छदारले लोकतान्त्र, प्रजातन्त्रलाई बलियो बनाउनका लागि काङ्ग्रेसलाई बलियो बनाउनतर्फ सबैले सोच्नुपर्ने बेला आएको बताए । उनले काङ्ग्रेस हारेको खण्डमा सबै लोकतान्त्रिक पक्षधरको हार हुने भएकाले सबै लोकतान्त्रिक शक्ति एकजुट भएर बाम गठबन्धनलाई पराजित गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री गच्छदारले बाम गठबन्धनले सबैलाई अधिकार सम्पन्न बनाएको संविधानलाई उल्टाएर देशमा निरंकुश शासन ल्याउन खोजेको समेत जिकिर गरे ।  

 पार्टीका तर्फबाट सुनसरी क्षेत्र नम्वर २ (ख)का उम्मेदवार राजीव कोइरालाले काङ्ग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ