arrow

बर्दिया १ मा काँग्रेस र कम्युनिष्ट गौतमबीच कडा प्रतिष्पर्धा, २ मा दुर्इ थारु 

logo
भावुक योगी,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
sanjaya_bamdev1.jpg

बर्दिया । बर्दिया क्षेत्र नं. १ मा पूर्वमन्त्री र बहालवाला मन्त्रीबीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । वाम गठबन्धनबाट पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम र लोकतान्त्रिक गठबन्धनबाट हाल सिँचाइमन्त्री रहनुभएका नेपाली कांग्रेस जिल्ला सभापति सञ्जयकुमार गौतम चुनावी मैदानमा उत्रिएका छन् । यसअघि बर्दियाबाट पाँच पटक चुनाव लड्नुभएका वामदेवले तीन पटक जीत हासिल गरेर राष्ट्रिय राजनीतिमा रहेर पनि बर्दियाका लागि त्यति ध्यान नदिएको र काम नगरेको आरोप लगाउँदै सञ्जयकुमारले आफूलाई मौका दिन भन्दै मतदातासँग मत मागिरहेका छन्। 

एमालेका गौतम भने त्यसबेला आफ्नो बहुमत सरकार नभएका कारण बर्दियाको विकास गर्न नसकेको र अब आफ्नो बहुमतको सरकार बनेपछि बर्दियाको विकासका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग मत मागिरहेका छन्। बर्दिया क्षेत्र नं १ बाँसगढी बजार र ग्रामीण क्षेत्रका मतदाता विकासका लागि केन्द्रीयस्तरको पहुँच भएका नेता वामदेवले जित्नु आवश्यक रहेको बताउँछन् । गुलरिया बजार र ग्रामीण क्षेत्रका धेरै मतदाता भने गाउँको समस्या बुझ्न आइरहन, स्थानीय राजनीतिलाई केन्द्रसम्म जोड्ने र बाढीबाट छुट्कारा पाउन सहयोग गर्ने सञ्जयकुमार नै बर्दियाको विकासका लागि ठीक भनिरहेका छन् । 

अहिलेसम्मका चुनावमा तीन पटक जितेका वामदेव यहाँबाट दुई पटक सांसद थिए । एक पटक जितेर पनि उनले बर्दिया छाडेका छन् । कांग्रेसका सञ्जयकुमारले भने एक पटक मात्र जितेका छन् । यस चुनावमा कांग्रेसका गौतमले एमालेका गौतमलाई जितेर बर्दियाबाट बराबरी रुपमा सांसद हुने स्थान बनाउने हुन् अथवा एमालेका गौतमले ह्याट्रिक गर्ने हुन्, प्रतीक्षाको विषय बनेको छ । 

बर्दिया २ मा दुई थारु 

बर्दिया क्षेत्र नं २ मा पूर्वमन्त्री र बहालवालामन्त्री दुई थारु समुदायका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा हुँदैछ । वाम गठबन्धनबाट यसअघि पशुपंक्षी विकासमन्त्री बनिसक्नुभएका नेकपा(माओवादी केन्द्र)का सन्तकुमार थारु र लोकतान्त्रिक गठबन्धनबाट हाल भूमिसुधारमन्त्री रहेका नेपाली कांग्रेसका डा गोपाल दहित चुनावी मैदानमा उत्रिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको हो । 

यसअघि दुवै नेता यहीँबाट सांसद बन्नुभएको थियो । माओवादी केन्द्रबाट थारु प्रत्यक्षमा र थरुहटबाट डा दहित समानुपातिक सांसद हुनुभयो । यस पटक आफूले नै चुनाव जित्ने दुवै नेताको जिकिर छ । 

विसं २०६४ मा भएको पहिलो संविधानसभा चुनाव र २०७० सालमा भएको दोस्रो संविधानसभासभा चुनावमा तत्कालीन माओवादीका थारुलाई निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरले चुनाव जितेकाले पनि चुनाव सजिलै जित्ने विश्वास छ । स्थानीय तहको चुनावमा धेरै तहमा माओवादी र एमालेले जितेका छन् तर यस पटकको चुनावमा उनीहरूले कसलाई जिताउने हुन् अहिले आँकलन गर्न गाह्रै छ । 

वाम गठबन्धनले प्रचारप्रसारको अन्तिम दिन आज अपराह्न एमाले उपाध्यक्ष वामदेवलाई बोलाएर चुनावीसभा ग¥यो भने कांग्रेसका उम्मेदवार दहित कडा रुपमा चुनावी प्रचारमा लागे । पहिलो संविधानसभा र दोस्रो संविधानसभामा चुनाव जित्नुभएका थारुसँग यस क्षेत्रको विकास गर्न नसकेको भन्दै बर्दियाका केही नागरिक असन्तुष्ट पनि छन् तर आफूले धेरै काम गरेको जिकिर गर्दै यस पटक पनि आफूले जित हासिल गर्ने उहाँको भनाइ छ । कांग्रेसका उम्मेदवार डा दहितसँग मतदाताले आफ्नो समस्या सहज पहुँच पु¥याउन सक्ने भएकाले पनि यस पटकको जित सहजै छ भन्ने मतदाताको संख्या कम छैन । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ